(१) छनौट समितिले छात्रवृत्तिको लागि योग्यताक्रम कायम गर्दा शैक्षिक संस्थागत र विषयगत रुपमा साधारण तथा आरक्षण समूहहरुको छुट्टाछुट्टै योग्यताक्रम कायम गर्नु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम योग्यताक्रम कायम गर्ने क्रममा कुनै व्यक्तिको एकै विश्वविद्यालय अन्तर्गतका दुई वा सो भन्दा बढी शिक्षण संस्थाबाट परीक्षाको प्राप्ताङ्क प्राप्त भएको देखिएमा सबै भन्दा बढी प्राप्ताङ्कलाई आधार मानी योग्यताक्रम कायम गरिनेछ ।
(३) उपनियम (१) र (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि चिकित्साशास्त्र र दन्त चिकित्साशास्त्र विषयको स्नातकोत्तर तहको छात्रवृत्तिको हकमा उम्मेदवारले परीक्षामा प्राप्त गरेको अङ्कमा नियम १५ बमोजिमको कार्य अनुभव बापतको अङ्क जोडी योग्यताक्रम कायम गरिनेछ ।
(४) उपनियम (१), (२) र (३) बमोजिम योग्यताक्रम कायम गर्दा एकभन्दा बढी उम्मेदवारहरुको अङ्क बराबर हुन गएमा त्यस्ता उम्मेदवारहरुको न्यूनतम शैक्षिक योग्यताको प्राप्ताङ्क प्रतिशतका आधारमा योग्यताक्रम कायम गरिनेछ ।
(५) छनौट समितिले यस नियम बमोजिम कायम गरेको योग्यताक्रम शिक्षा मन्त्रालय समक्ष पेश गरी सार्वजनिक रुपमा प्रकाशन गर्नु पर्नेछ ।